Literature
भैँसिको मुल्य - गजल
25-06-2025 • by Manakaji Kattel
हेर, भैसिँको मुल्य त पाडो अनुसार पो हुन्छ, हावा कति चल्छ त्यो त डाँडो अनुसार पो हुन्छ
हेर, भैसिँको मुल्य त पाडो अनुसार पो हुन्छ
हावा कति चल्छ त्यो त डाँडो अनुसार पो हुन्छ ।
नजिक हुन खोज्ने सँग अलिकति जोगिनु है ।
ज्याकेट को महत्व नि जाडो अनुसार पो हुन्छ ।
थोरै पायौ होला तर छुट्याएको पक्कै हैन
आँफैले लिएर आ'को भाँडो अनुसार पो हुन्छ ।
न्याय बेच्ने दोकानमा नक्कली माल पाउँछ ।
निसाफ माथिबाट आदेश ठाडो अनुसार पो हुन्छ
सवैको चेहरा एकनासको किन हुन्थ्यो?
मुटुमा विझेको काँडो अनुसार पो हुन्छ ।