Literature
गईसक्यो - गजल
22-06-2025 • by Manakaji Kattel
निक्कै ढिलो पो गर्यौ त उ आईओरी गईसक्यो, याद तिम्रो पखाल्यो है, नुहाईओरी गईसक्यो
निक्कै ढिलो पो गर्यौ त उ आईओरी गईसक्यो ।
याद तिम्रो पखाल्यो है, नुहाईओरी गईसक्यो ।
आशु रोक्न सक्नु पर्छ साथी नरोउ, सम्झाउँथ्यो ।
आज पत्थर लाई समेत रुवाईओरी गईसक्यो ।
भेटिस भने कहिँ कतै तै अलविदा भन्दिनु है ।
एकचोटी फर्किएर सम्झाईओरी गईसक्यो ।
अलि चाँडो आउनु पर्थ्यो सुन्नु पर्थ्यो प्रेम पिण्ड
तिम्रो नामको सायद अन्तिम गित गाईओरी गईसक्यो ।
माया गर घृणा गर अब कुनै अर्थ छैन
सुख दुःख जिन्दगिका लुकाईओरी गईसक्यो ।