Post image Literature

सोचेछौ त - गजल

08-06-2025 by Manakaji Kattel

तेस्को ढाड भाँचिन्छ भनेर पो सोचेछौ त, विर्सिहाल्छ काँ चिन्छ भनेर पो सोचेछौ त

तेस्को ढाड भाँचिन्छ भनेर पो सोचेछौ त ।

विर्सिहाल्छ काँ चिन्छ? भनेर पो सोचेछौ त ।

 

हरेक दिन आँगनमा फरक खाल्का ढिस्का उठ्छन्,

सजिलै नाचिन्छ भनेर पो सोचेछौ त ।

 

आफ्नै परीक्षाफल चाहिँ आलु प्रकाशित भाछ,

सवको कपि जाँचिन्छ भनेर पो सोचेछौ त ।

 

समयले त्यो गालामा धर्का कोर्न थाल्यो देख्यौ?

त्यो जवानी साँचिन्छ भनेर पो सोचेछौ त ।

 

सवको श्वासप्रश्वासको रिमोट उ त्याँ माथि हुने गर्छ

पैसाले बाँचिन्छ भनेर पो सोचेछौ त ।

 

तेस्को ढाड भाँचिन्छ भनेर पो सोचेछौ त ।

विर्सिहाल्छ काँ चिन्छ? भनेर पो सोचेछौ त ।

Comments