Literature
उस्तै उस्तै लाग्छ - गजल
28-09-2025 • by Manakaji Kattel
आईज आईज जा जा मलाई उस्तै उस्तै लाग्छ, एकल होस या साझा मलाई उस्तै उस्तै लाग्छ ।
आईज आईज जा जा मलाई उस्तै उस्तै लाग्छ ।
एकल होस या साझा मलाई उस्तै उस्तै लाग्छ ।
नया लेवल टास्यारैछौ म्याद नाघेको अचारमा
कुन बासि कुन ताजा मलाई उस्तै उस्तै लाग्छ ।
भोकमरीको खबर पश्चात त्यो चौरासी व्यन्जन
र मलामी खाजा मलाई उस्तै उस्तै लाग्छ ।
यी शासककै ह्याङ्ओभरले टाउको घुम्या बेला
के रक्सी के गाँजा मलाई उस्तै उस्तै लाग्छ ।
आफ्नो हिसाब आँफैले हल गर्नैपर्छ आखिर
गणतन्त्र राजा मलाई उस्तै उस्तै लाग्छ ।