Post image Literature

बौलायो - गजल

30-05-2025 by Manakaji Kattel

ठिकै हो बारुद र गोला बौलायो, साउनको खहरे खोला बौलायो

ठिकै हो बारुद र गोला बौलायो ।
साउनको खहरे खोला बौलायो ।

किताबको सट्टा नेताज्यूको जुत्ता?
बिद्यार्थी सद्दे छ झोला बौलायो ।

दुर्व्यवहारको मुद्दा चलाई नहाल्नु
अन्तै हानेको यो लोला बौलायो ।

नशामा टिल्ल प्रेमी बर्बराउँदै थियो
प्रिय, आज कोकाकोला बौलायो ।

सबै कुरा ठाँउ मा ठिक छन भगवान
सुधार मान्‌छेको यो चोला बौलायो ।

ठिकै हो बारुद र गोला बौलायो ।
साउनको खहरे खोला बौलायो ।
Comments