Literature
गजल - ए गधा छिटो उठ्
01-09-2025 • by Manakaji Kattel
ए गधा छिटो उठ विहानै गोरु अघाउनु पर्छ । कुलो फर्काउँदा मकैका बाँदर भगाउनु पर्छ ।
ए गधा छिटो उठ विहानै गोरु अघाउनु पर्छ ।
कुलो फर्काउँदा मकैका बाँदर भगाउनु पर्छ ।
व्यवहारमा कति सघाउँछन तँ सँगै पढेकाले
एउटै निन्द्राबाट तलाईँ कति जगाउनु पर्छ ?
बिजनेस गर्छु भन्दै उडाउँदै पैसा के बोटमा फल्छ?
एक्लै धान्न सक्दिन अब भागी लगाउनु पर्छ ।
तेरा बाजा गाजा चिरेर खोले पकाउँछु नत्र
गहुँ फल्छ तेसमा भने भन अरु मगाउनु पर्छ ।
आफ्नै कट्टु आँफै नधुने को बिहे नि के गर्दिनु
छोरछोरी भएपटछि त झनै खुवाउनु हगाउनु पर्छ ।
आमासँग पैसा मागरेर आजै पासपोर्ट बना जा ।
मलाई था छ तँलाई कसरी खाडि नगाउनु पर्छ ।