Post image Literature

लौ हेर्नुस मेरो गाडि - गजल

02-09-2025 by Manakaji Kattel

लौ हेर्नुस मेरो गाडि उल्टो चलिराछ । सुसुप्त छ तेल यहाँ पानी बलिराछ ।

लौ हेर्नुस मेरो गाडि उल्टो चलिराछ ।
सुसुप्त छ तेल यहाँ पानी बलिराछ ।

दगुर्दैछ दुनिया उनको पछि पछि
तर यहाँ आफ्नै छाया आँखा छलिराछ ।

कोहि चाँद पुगे, कसैले मंगल टेके
यता मेरो जन्मजात खुट्टा गलिराछ ।

मग्मगायो बाग अनि जग प्रणयमा
अर्को पट्टि मेरो प्रेम पत्र जलिराछ ।

एक छाक मकै अनि एक छाक भोकै छु म
अचम्म उनको बोटमा पैसा फलिराछ ।
Comments