Post image Literature

मुक्तक - भाग १

01-09-2025 by Manakaji Kattel

४ मुक्तकहरु

‍‍‍‍===========[१]‍‍‍‍===========

हामि त जोडिन पो रेटिएका रहेछौँ ।
मायामा हराउन पो भेटिएका रहेछौँ ।

कति रोयौ वालुवाको अक्षर सम्झिँदै
ढुङ्गामै लेखिन पो मेटिएका रहेछौँ ।

‍‍‍‍===========[२]‍‍‍‍===========

छ्यास्सै सुनाई नहाल्नु घरवार भित्रका कुरा ।
देख्यौ कति गुप्त छन दरवार भित्रका कुरा ।

उ जंगवाट एउटा मात्र हात लिई फर्कियो जो
सँधै गर्थ्यो कलम सँग तरवार भित्रका कुरा ।

‍‍‍‍===========[३]‍‍‍‍===========

कुवेरलाई समेत एकदिन आँशुको पालो हुन सक्छ ।
कहिले बुहारी कहिले सासुको पालो हुन सक्छ ।

भान्सामा ति आमासँग तेतिसारो नझर्किनुहोला
आज सागै खानु ल? भोलि मासुको पालो हुन सक्छ ।

‍‍‍‍===========[४]‍‍‍‍===========

तिम्रो समय सकिएपछि मेरो संसार सुरू हुन्छ।
तर कसरी सकिन्छ, तेसै अन्सार सुरू हुन्छ।

तिम्रा यादहरूले अब चर्को कर तिर्न परोस
मेरो मुटुको बाटोमा एउटा भन्सार सुरू हुन्छ ।
Comments